सुनकोशीमा खसेको कारको खोजीमा गोताखोरसहितको टोली परिचालन

User Image Prime TV News २ घण्टा अगाडि
Image of सुनकोशीमा खसेको कारको खोजीमा गोताखोरसहितको टोली परिचालन

काठमाडौ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशी नदीमा खसेको कारको खोजीका लागि गोताखोर सहितको उद्धार टोली परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको विशेष टोली घटनास्थलमा खटिएको हो। नदीमा खसेको कार र त्यसमा सवार यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

प्रारम्भिक जानकारीअनुसार खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कार दुर्घटनामा परेको हो। घटनाको कारण, कारमा सवार व्यक्तिको अवस्था तथा उद्धारको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।