सिन्धुपाल्चोकको लिपिङमा पहिरो, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध

User Image Prime TV News २ घण्टा अगाडि
Image of सिन्धुपाल्चोकको लिपिङमा पहिरो, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, लिपिङ क्षेत्रमा मंगलबार बिहान पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार बिहान पहिरो खसेपछि सडकमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो। पहिरो हटाउने काम र सडक सञ्चालनबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यात्रु तथा सवारी चालकलाई वैकल्पिक व्यवस्था अपनाउन र सम्बन्धित निकायको सूचना पछ्याउन आग्रह गरिएको छ।