रास्वपाको सचिवालय बैठक आज , विस्तारित बैठक र सद्भाव यात्राबारे छलफल
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्दैछ। असोज २२ गतेको बैठकको निरन्तरता स्वरूप बोलाइएको यस बैठकमा पार्टीका केन्द्रीय नेता तथा सचिवालय सदस्यहरूको उपस्थिति रहनेछ।
पार्टीका अनुसार बैठकमा पार्टीको आसन्न विस्तारित बैठकको एजेण्डा र व्यवस्थापन सम्बन्धी तयारीहरू, विपद् व्यवस्थापनमा पार्टीको भूमिका तथा सक्रियता, र आगामी अभियान तथा सद्भाव यात्रा सम्बन्धी कार्ययोजनाबारे विस्तृत छलफल हुने बताइएको छ।
हालै देशका विभिन्न स्थानहरूमा भएका प्राकृतिक विपद्हरूप्रति रास्वपाले राहत तथा उद्धार कार्यमा पार्टीको संलग्नता बढाउने बताएको छ । यस्तै सद्भाव यात्राको माध्यमबाट पार्टीले जनसम्पर्क विस्तार र राष्ट्रिय एकता सुदृढ गर्न बैठकले यात्राको समय, मार्ग तथा कार्यक्रम तय गर्ने सम्भावना रहेको बताइएको छ ।













