अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्ने
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग छलफल गर्ने भएका छन्।
बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका उपायहरूको प्रभावकारी कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका तथा वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन अर्थमन्त्रीले सीईओहरूलाई छलफलका लागि बोलाएका हुन्।
अर्थ मन्त्रालयका अनुसार दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी हुनेछन्। छलफलमा बजेट कार्यान्वयन, बैंकिङ क्षेत्रका चुनौती, लगानी प्रवर्द्धन तथा वित्तीय प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचारविमर्श हुने बताइएको छ ।







