राप्रपाले भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

User Image Prime TV News २ घण्टा अगाडि
Image of राप्रपाले भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक भोलि अपराह्न १२:३० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आसन्न महाधिवेशनको तयारी तथा पार्टीका विभिन्न तहका अधिवेशनलगायत विषयमा छलफल हुने जनाइएको छ।

राप्रपाले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ।