सुनसरी घटनामा घाइते अर्का युवकको पनि निधन, मृतक संख्या तीन पुग्यो
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको उपचारका क्रममा निधन भएको छ।
साउन १० गते भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सामाजिक सञ्जालमार्फत रवीन्द्र मेहताको निधनप्रति दुःख व्यक्त गर्दै शोक व्यक्त गरेका छन्।
रवीन्द्र मेहताको निधनसँगै साउन १० गते कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि सोही घटनामा प्रहरीको गोली लागेका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको पनि मृत्यु भएको थियो।







