अर्थमन्त्री वाग्लेले आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्ने

User Image Prime TV News ५२ मिनेट अगाडि
Image of अर्थमन्त्री वाग्लेले आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्ने

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सम्पूर्ण कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन्  ।

देशको वर्तमान वित्तीय अवस्था, आर्थिक समस्या र तिनका समाधानका उपायबारे समीक्षा गर्न बैठक बस्न लागेको हो । बिहान ९ः१५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु हुने बैठकमा बैंकका गभर्नर र डेपुटी गभर्नरहरूसँगको नियमित भेटघाट र समन्वय भन्दा अलग हुने छ ।

पहिलो पटक देशको वित्तीय नाडी छाम्न सक्ने कार्यकारी निर्देशकहरूसँग प्रत्यक्ष संवाद हुन लागेको हो । देशको समष्टिगत आर्थिक तथा वित्तीय स्थितिको गहिराइ बुझ्ने र उपलब्ध मौद्रिक उपकरणहरूको प्रभावकारी कार्यान्वयनमार्फत अर्थतन्त्रका समस्या पहिल्याई ठोस समाधानका उपायहरू निकाल्नु यस छलफलको मुख्य उद्देश्य रहेको छ ।