कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहने भएको छ। हिजो देखि सुरु भएको बैठक आज दिउँसो १ बजे पुनः बस्ने तयारी गरिएको छ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, पार्टीको नियमित वा विशेष महाधिवेशनको सम्भावना, तथा संसद् पुनर्स्थापनाजस्ता विषयमा गहिरो छलफल भइरहेको नेताहरूले बताएका छन्।
पार्टी सभापति शेरबहादुर देउवा ‘जेनजी’ आन्दोलनका क्रममा आक्रमणबाट घाइते भएका कारण बैठकमा सहभागी हुन सकेका छैनन् । त्यसैले बैठकको अध्यक्षता कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन्।







