सुनसरी र सिरहाका प्रदर्शनमा मृत्यु भएका र घाइतेलाई राहत दिने सरकारको निर्णय

User Image Prime TV News ५१ मिनेट अगाडि
Image of सुनसरी र सिरहाका प्रदर्शनमा मृत्यु भएका र घाइतेलाई राहत दिने सरकारको निर्णय

काठमाडौ । सरकारले सुनसरी र सिरहामा भएका पछिल्ला प्रदर्शनका क्रममा मृत्यु भएका तथा घाइते भएका व्यक्तिहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा ज्यान गुमाएका र घाइते भएकाहरूको परिवार तथा प्रभावित व्यक्तिका लागि आवश्यक राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराइनेछ भने घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्नेछ। सुनसरीको देवानगञ्जमा भएको प्रदर्शनका क्रममा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एक जनाको उपचारका क्रममा मंगलबार निधन भएको थियो।

यसैगरी सिरहामा भएको प्रदर्शनका क्रममा पनि एक जनाको मृत्यु भएको थियो। सरकारले प्रदर्शनबाट प्रभावित परिवारलाई सहयोग उपलब्ध गराउँदै शान्ति व्यवस्था कायम गर्ने र घटनाको आवश्यक व्यवस्थापन गर्ने जनाएको छ ।