रास्वपाले सुरु गर्दै ‘हामी सुन्छौँ’ अभियान, नागरिकका गुनासा प्रत्यक्ष सुन्ने

User Image Prime TV News एक घण्टा अगाडि
Image of रास्वपाले सुरु गर्दै ‘हामी सुन्छौँ’ अभियान, नागरिकका गुनासा प्रत्यक्ष सुन्ने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यसहित ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीका अनुसार आगामी साउन २५ गतेदेखि केन्द्रीय कार्यालय घण्टीघरबाट अभियान सुरु हुनेछ। नागरिकका समस्या पहिचान गरी आवश्यक सहजीकरण र समाधानका लागि प्रत्यक्ष संवाद गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो। यस अभियान सञ्चालन गर्ने निर्णय साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले गरेको थियो।

अभियानअन्तर्गत प्रत्येक दिन केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यहरूमध्येबाट दुई जनाको नियमित उपस्थिति रहने व्यवस्था गरिएको छ। नागरिकका गुनासा तथा सुझाव सुन्न कम्तीमा एक जना प्रतिनिधिसभा सदस्यको उपस्थिति अनिवार्य गरिएको रास्वपाले जनाएको छ । 

रास्वपाले ‘हामी सुन्छौँ’ अभियानमार्फत नागरिकसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने र उनीहरूले उठाएका विषयलाई सम्बन्धित निकायसम्म पुर्‍याउन सहजीकरण गर्ने जनाएको छ।