संसद् क्यालेन्डर र कार्यप्रणाली सुधारबारे कार्यव्यवस्था समितिमा छलफल

User Image Prime TV News एक घण्टा अगाडि
Image of संसद् क्यालेन्डर र कार्यप्रणाली सुधारबारे कार्यव्यवस्था समितिमा छलफल

काठमाडौ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ ।

बैठकमा संसद्को आगामी कार्यतालिका, बैठक सञ्चालनलाई थप प्रभावकारी बनाउने उपाय तथा संसदीय प्रक्रियालाई व्यवस्थित र परिणाममुखी बनाउने विषयमा छलफल गरिएको छ। बैठकमा सांसदहरूले सदनको मर्यादा कायम राख्ने, सांसद आचरण, पोशाकसम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन तथा संसदीय गतिविधिलाई नियमित र प्रभावकारी बनाउने विषयमा सुझाव प्रस्तुत गरेका थिए।

सहभागी सदस्यहरूले संसद्को गरिमा र जनविश्वास कायम राख्न राजनीतिक दलहरूबीच सहकार्य, संवाद र समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। बैठकले संसद्को कार्यसम्पादनलाई थप उत्तरदायी, व्यवस्थित र प्रभावकारी बनाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने निष्कर्ष निकालेको छ।