राष्ट्रियसभा बैठक आज, गृहमन्त्री र महिला तथा सामाजिक सुरक्षामन्त्रीले दिनेछन् मौखिक प्रश्नको जवाफ

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रियसभा बैठक आज, गृहमन्त्री र महिला तथा सामाजिक सुरक्षामन्त्रीले दिनेछन् मौखिक प्रश्नको जवाफ

काठमाडौ ।  राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै छ। बैठकमा सरकारका विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा विधेयकमाथिको कार्यसूची समावेश गरिएको छ।

आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

यस्तै, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछिन्।

बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनका लागि सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

त्यसैगरी कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।