ग्वार्को फ्लाइओभरमा बस दुर्घटना, एक जनाको मृत्यु, ६ जना घाइते
Prime TV News एक महिना अगाडि 
काठमाडौ । ललितपुरको ग्वार्को स्थित फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार बिहान करिब १०:३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाइओभरमा ठोक्किएर दुर्घटनामा परेको हो।
दुर्घटनामा अन्दाजी ४० वर्षीया एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका ६ जनालाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।







