कांग्रेसको आधिकारिकता विवाद : देउवाको पुनरावलोकन निवेदनमा आज सर्वोच्चमा सुनुवाइ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतको आदेशविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवाले दायर गरेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुँदैछ।
पुनरावलोकन निवेदनको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने तय भएको छ। सुनुवाइपछि पुनरावलोकनको निस्सा (अनुमति) दिने वा नदिने विषयमा इजलासले निर्णय गर्नेछ। यो मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको संयुक्त इजलासमा तोकिएको छ।
सर्वोच्चको निर्णयले पुनरावलोकन प्रक्रिया अघि बढ्ने वा नबढ्ने टुंगो लाग्ने भएकाले यसलाई कांग्रेसको आधिकारिकता विवादसँग जोडिएको महत्त्वपूर्ण कानुनी प्रक्रियाका रूपमा हेरिएको छ।







