नेपाली महिला क्रिकेटमा नयाँ उपलब्धि: ६ खेलाडी मलेसियन लिगमा सहभागी

User Image Prime TV News ११ महिना अगाडि
Image of नेपाली महिला क्रिकेटमा नयाँ उपलब्धि: ६ खेलाडी मलेसियन लिगमा सहभागी

काठमाडौ । ६ जना नेपाली महिला क्रिकेटरले मलेसियामा आयोजना हुने महिला इन्टरस्टेट टी–२० च्याम्पियनसिपमा सहभागी हुने भएका छन्।

मलेसियन क्रिकेट संघको आयोजनामा यहि अक्टोबर १८ देखि २८ सम्म हुने उक्त प्रतियोगितामा नेपाली खेलाडीहरूले दुई फरक टिमबाट सहभागिता जनाउनेछन्। प्रतियोगितामा नेपालकी राष्ट्रिय टोलीका खेलाडीहरू सीता रानामगर, रुबिना क्षेत्री, पूजा महतो, कविता जोशी, कविता कुँवर र राजमती ऐरीले सहभागिता जनाउने पक्का भएको छ।

उनीहरू मलेसियाका सेलाङ्गोर क्रिकेट संघ र सारावाक क्रिकेट संघबाट खेल्नेछन्। नेपाली खेलाडीहरूको उपस्थिति यस प्रतियोगितामा नेपाली महिला क्रिकेटको विकास र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने दिशामा महत्वपूर्ण हुने खेल क्षेत्रका जानकारहरुको बुझाइ छ ।