नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा सिए नागेन्द्र साह नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो। साह यसअघि नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। निगमको व्यवस्थापन र सञ्चालनमा उनीसँग पूर्वअनुभव रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि कौशल केसी र सञ्जीवकुमार देवको नाम पनि सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले तीमध्ये साहलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।







