भारतीय सेनाध्यक्ष जनरल धीरज सेठ साउन ३१ गते नेपाल भ्रमणमा आउने

User Image Prime TV News एक महिना अगाडि
Image of भारतीय सेनाध्यक्ष जनरल धीरज सेठ साउन ३१ गते नेपाल भ्रमणमा आउने

काठमाडौ । भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ पाँचदिने औपचारिक भ्रमणका लागि यही साउन ३१ गते नेपाल आउने भएका छन्।

जनरल सेठ नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आउन लागेका हुन्। उनी गत असार १५ गते भारतीय सेनाको ३१औँ सेना प्रमुख बनेका थिए। भ्रमणका क्रममा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथी (जनरल) को दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।

नेपाल र भारतबीचको सैन्य सम्बन्धको परम्पराअनुसार दुवै देशका सेनाध्यक्षलाई एकअर्काको सेनाको मानार्थ महारथी प्रदान गर्ने प्रचलन रहँदै आएको छ। नेपाल भ्रमणका क्रममा जनरल सेठले उच्च सरकारी अधिकारी तथा नेपाली सेनाका नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहने जनाइएको छ।

भ्रमणले दुई देशका सेनाबीचको दीर्घकालीन सहकार्य र आपसी सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।