डा. धवलशमशेर राणाले साउन २८ गते ‘जय नेपाल पार्टी’ दर्ता गर्ने

User Image Prime TV News एक महिना अगाडि
Image of डा. धवलशमशेर राणाले साउन २८ गते ‘जय नेपाल पार्टी’ दर्ता गर्ने

काठमाडौ । जय नेपाल पार्टी गठनको तयारीमा रहेका नेता डा. धवलशमशेर राणाले आगामी साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राणाले हिन्दु अधिराज्य पुनःस्थापना गर्ने मुख्य उद्देश्यसहित नयाँ पार्टी गठन गर्न लागेको जानकारी दिए। राणाका अनुसार उनको अध्यक्षतामा दर्ता हुने पार्टीमा दुर्गा प्रसाईंलाई सर्वमान्य नेताको जिम्मेवारी दिइनेछ।

उनले आफूहरूले सक्रिय शासन गर्ने नभई अभिभावकीय र राष्ट्ररक्षक भूमिकासहितको राजसंस्थाको पक्षमा रहेको बताए। कार्यक्रममा राणाले नेपालका विभिन्न जाति, जनजाति र धर्मावलम्बीहरूले परम्परागत रूपमा राजसंस्थालाई स्वीकार गर्दै आएको दाबी गरे। राजसंस्था हटेपछि देशमा संकट उत्पन्न भएको उनको भनाइ थियो।

उनले हिन्दु अधिराज्य पुनःस्थापनाको उद्देश्य पूरा गर्नकै लागि नयाँ राजनीतिक दल गठन गर्न लागिएको स्पष्ट पारे।