कांग्रेस पूर्वसभापति देउवा साउन २९ अगाडि नै नेपाल फर्किने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारका लागि हङकङमा रहेका भए पनि साउन २९ गते अगाडि नै नेपाल फर्किने भएका छन्।
देउवाका स्वकीय सचिव भानु देउवाले उनी साउन २९ गतेअघि नै नेपाल आउने जानकारी दिएका छन्। यद्यपि फर्किने मिति भने निश्चित भइनसकेको उनले बताए। “साउन २९ गते अगाडि नै आउनुहुन्छ। तर, डेट फिक्स भइसकेको छैन,” भानु देउवाले जानकारी दिए।
देउवा पक्षका नेताहरूले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेका छन्। उक्त भेलामा सहभागी हुनकै लागि पनि देउवा त्यसअघि नै नेपाल फर्किने तयारीमा रहेको नेताहरूले बताएका छन्। देउवा हाल स्वास्थ्य उपचारका क्रममा हङकङमा रहेका छन्।
उनको स्वदेश फिर्तीलाई कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधिसँग जोडेर हेरिएको छ।







