झलनाथ खनाल र उपेन्द्र यादवबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।
खनालको निवास डल्लुमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियता तथा वामपन्थी र लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्यका विषयमा छलफल भएको जनाइएको छ। भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र आगामी राजनीतिक दिशाबारे दुई नेताबीच विचार आदानप्रदान भएको बताइएको छ।
जसपा अध्यक्ष यादव मधेसकेन्द्रित दलहरूबीच साझा मोर्चा निर्माणको पहलमा सक्रिय रहेका बेला भएको यो भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।







