नेप्से १३ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ६२ करोड रुपैयाँ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ।
नेप्से परिसूचक १३.८२ अंकले घटेर २ हजार ६५४.१५ विन्दुमा कायम भएको हो। आज ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा समेत गिरावट आएको छ। बिहीबार ३४७ कम्पनीका सेयर कारोबार भएका छन्।
जसमध्ये ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने २०२ कम्पनीको मूल्य घटेको छ। बाँकी १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन। आज कुल १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर ६० हजार ३८१ पटक कारोबार हुँदा ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब ५ प्रतिशत बढी हो।
सूचीकृत समूहगत परिसूचकतर्फ व्यापार समूहबाहेक अन्य सबै समूहमा गिरावट आएको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.८८ प्रतिशतले घटेको छ। बिहीबार अपर लोहोरे खोला हाइड्रोपावर, कालङ्गा हाइड्रो, एनआईविएल समृद्धि फण्ड, एनआईविएल स्टेबल फण्ड र सानीगाड हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्।
त्यसैगरी लक्ष्मी सनराइज बैंक डिबेञ्चर, मेगा म्युचुअल फण्ड, लक्ष्मी भ्यालु फण्ड, स्नो रिभर्स लिमिटेड र सानीमा इक्विटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो।
उक्त कम्पनीको ४७ करोड २४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कारोबार भएको सेयर संख्याको आधारमा पनि रिडी पावर नै अगाडि रहेको छ, जसको १२ लाख १३ हजार ५०९ कित्ता सेयर किनबेच भएको छ।







