‘लज्जावती’को नयाँ गीत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आगामी साउन २९ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’को नयाँ गीत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक गरिएको छ।
मर्मस्पर्शी भाव समेटिएको गीतमा भीमकुमार ओझाको शब्द, थानेश्वर गौतमको स्वर तथा सन्तोष बीसीको संगीत रहेको छ। गीतको संगीत संयोजन नारायण दंगालले गरेका छन्। सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार मेनुका माझी र श्रीकृष्ण निरौलाबीचको प्रेम, विछोड र त्यसपछिको भावनात्मक अवस्थालाई चित्रण गरिएको छ।
भिडियोमा प्रेमी हराएपछि उनको खोजीमा मुकुन भुसाल र जानुका विश्वकर्मा लागेको दृश्य पनि समावेश गरिएको छ। यसअघि सार्वजनिक गरिएको फिल्मको पहिलो गीत ‘दिलको मोटर’ सामाजिक सञ्जाल टिकटक र फेसबुक रिल्समा लोकप्रिय बनेको निर्माण पक्षले जनाएको छ।
राजबहादुर साने निर्देशित ‘लज्जावती’ले प्रेम सम्बन्धमा आउने उतारचढाव, संघर्ष र भावनात्मक यात्रालाई प्रस्तुत गर्ने निर्देशक सानेले बताएका छन्। फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायत कलाकारको अभिनय रहेको छ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता तथा दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन्।







