सर्वोच्चको आदेशपछि विश्वप्रकाश शर्माको प्रतिक्रिया : विशेष महाधिवेशनका तथ्य अदालतमा प्रस्तुत गर्न तयार छौँ

User Image Prime TV News एक महिना अगाडि
Image of सर्वोच्चको आदेशपछि विश्वप्रकाश शर्माको प्रतिक्रिया : विशेष महाधिवेशनका तथ्य अदालतमा प्रस्तुत गर्न तयार छौँ

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएपछि विशेष महाधिवेशनका सबै तथ्य अदालतसमक्ष पुनः प्रस्तुत गर्न आफूहरू तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शर्माले संयम र परिपक्वताका साथ विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण तथ्य सम्मानित न्यायालयसमक्ष प्रस्तुत गरिने बताएका हुन्। उनले सर्वोच्च अदालतको संयुक्त इजलासले यसअघि रिट खारेज गर्दै विवादको न्यायिक निरूपण गरिसकेको उल्लेख गर्दै पुनरावलोकनमा जानु आवश्यक नरहेको आफ्नो धारणा पनि व्यक्त गरेका छन्।

यद्यपि, पुनः परीक्षणको प्रक्रियाले विशेष महाधिवेशनको वैधानिक आधार र राजनीतिक यथार्थलाई अझ स्पष्ट र फराकिलो रूपमा उजागर गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन्। सर्वोच्च अदालतले बिहीबार पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको पुनरावलोकन निवेदनमा निस्सा प्रदान गरेपछि नेपाली कांग्रेसको आधिकारिकता विवाद पुनः पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।