सुनको मूल्यमा फेरि वृद्धि, प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ पुग्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा शुक्रबार पनि सुन र चाँदीको मूल्य बढेको छ।
अघिल्लो दिन उच्च दरले उकालो लागेको सुनको मूल्य आज थप प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ।
बिहीबार यही सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। बिहीबार प्रतितोला ४ हजार ५ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १० रुपैयाँ बढेर प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च विन्दुमै रहेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिएको व्यवसायीहरू बताउँछन्।







