अस्ट्रेलिया जाँदै संयोजक सुवेदी, कार्यवाहक जिम्मेवारी धवल शमशेरलाई

User Image Prime TV News एक बर्ष अगाडि
Image of अस्ट्रेलिया जाँदै संयोजक सुवेदी, कार्यवाहक जिम्मेवारी धवल शमशेरलाई

काठमाडौ । वर्तमान राजनीतिक व्यवस्थालाई चुनौती दिँदै गठित ‘संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी केही समयका लागि विदेश प्रस्थान गर्न लागेका छन्।

पारिवारिक भ्रमणकालागि उनी अस्ट्रेलिया जान लागेका हुन्। उनी निकट स्रोतका अनुसार सुवेदी आजै अस्ट्रेलिया प्रस्थान गर्दै छन्, जहाँ उनका नाति र अन्य आफन्तहरू बसोबास गर्दै आएका छन्। उनी दशैंअघि नेपाल फर्किने कार्यक्रम रहेको छ।

सुवेदी विदेशमा रहँदा समितिको संयोजकको जिम्मेवारी राप्रपाका महामन्त्री डा धवल शमशेर राणालाई दिइएको छ। सोमबार जारी गरिएको विज्ञप्तिमा सुवेदीले भनेका छन्, "म केही समय देशबाहिर रहने भएकाले मेरो अनुपस्थितिमा सम्पूर्ण जिम्मेवारी कार्यवाहक संयोजकको रूपमा डा धवलशमशेर राणालाई सुम्पेको छु ।"

सुवेदी नेतृत्वमा रहेको राजावादी समूहले गत असारसम्म विभिन्न आन्दोलनमार्फत सक्रियता देखाए पनि त्यसयता समूहको गतिविधि प्रायः निष्क्रियजस्तै देखिएको छ।