कीर्तिमानी आरोही पुरबहादुर गुरुङ ‘युक्ता’को स्वयम्भूमा अन्त्येष्टि
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका कीर्तिमानी आरोही पुरबहादुर गुरुङ ‘युक्ता’को शुक्रबार काठमाडौंको स्वयम्भूमा अन्त्येष्टि गरिएको छ।
गोरखाको लाप्राक निवासी गुरुङको पार्थिव शरीर शवयात्रासहित स्वयम्भू पुर्याई सम्मानका साथ अन्त्येष्टि गरिएको हो। ब्रोड पिक आरोहणका क्रममा युक्तासहित १० जना आरोहीको हिमपहिरोमा परेर मृत्यु भएको थियो।
अन्त्येष्टिका क्रममा गृहमन्त्री सुधन गुरुङले युक्ताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए। युक्ता नेपाली कांग्रेसका सदस्यसमेत थिए।
युक्ताको पार्थिव शरीर बिहीबार अपराह्न काठमाडौं ल्याइएको थियो। गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटक सफल आरोहण गरेका थिए। उनको निधनपछि जन्मगाउँ गोरखाको लाप्राकमा समेत स्थानीयवासीले दीप प्रज्ज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।







