शेरबहादुर देउवा स्वदेश फर्किने तयारी बारे प्रहरी भन्छः 'हामी हेर्दैछौं, बुझ्ने काम हुँदैछ'

User Image Prime TV News एक महिना अगाडि
Image of शेरबहादुर देउवा स्वदेश फर्किने तयारी बारे प्रहरी भन्छः 'हामी हेर्दैछौं, बुझ्ने काम हुँदैछ'

काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उपचारपछि छिट्टै नेपाल फर्किने तयारीमा रहेको उनका निकट नेताहरूले बताएका छन्।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा हाल उपचारका क्रममा हङकङमा छन्। उनी यही साउन २६ गते साँझ स्वदेश फर्किने तालिका रहेको बताइएको छ। देउवाको नेपाल फिर्तीबारे नेपाल प्रहरीले समेत अध्ययन गरिरहेको जनाएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता अभिनारायण काफ्लेलाई देउवा फर्किने विषयमा गरिएको प्रश्नमा उनले यसबारे बुझ्ने काम भइरहेको प्रतिक्रिया दिए। “हामी हेर्दैछौं। बुझ्ने काम हुँदैछ,” प्रवक्ता काफ्लेले भने।

देउवा स्वदेश फर्किएपछि पार्टीको आन्तरिक राजनीति र पछिल्लो राजनीतिक अवस्थाबारे उनको सक्रियता बढ्ने अपेक्षा कांग्रेस नेताहरूले गरेका छन्।