भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरीना माचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

User Image Prime TV News ११ महिना अगाडि
Image of भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरीना माचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

काठमाडौ । यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी प्रखर लोकतन्त्रवादी नेतृ मारिया कोरीना माचाडोलाई प्रदान गरिने भएको छ।

नर्वेजियन नोबेल समितिले शुक्रबार ओस्लोमा एक औपचारिक समारोहमार्फत पुरस्कारको घोषणा गर्दै उनले तानाशाहीको विरुद्धमा लोकतन्त्रको पक्षमा न्यायपूर्ण र शान्तिपूर्ण संघर्ष गरेको उल्लेख गरेको छ। समितिका अनुसार माचाडोले बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने कार्यमा महत्वपूर्ण भूमिका खेलेकी छन्।

भेनेजुएलामा स्वतन्त्र चुनाव र नागरिक अधिकारको माग गर्दै उनले लामो समयदेखि संघर्ष गर्दै आएकी छन्।भेनेजुएलाको विपक्षी दलले हालै सम्पन्न निर्वाचनको स्वतन्त्र अनुगमन मार्फत संकलित परिणाम सार्वजनिक गरेको थियो।

तर सत्तारूढ सरकारले ती नतिजालाई अस्वीकार गर्दै सत्ता नत्याग्ने निर्णय गरेको थियो। मारिया कोरीना माचाडोले नोबेल पुरस्कार घोषणापछि संक्षिप्त प्रतिक्रिया दिँदै यो पुरस्कार आफ्नो मात्र नभई सम्पूर्ण भेनेजुएलाली जनताको आवाजको मान्यता भएको र आफू  लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारका लागि अझ दृढ भएर लड्ने बताएकी छन् ।