देउवा साउन २८ गते नेपाल फर्किँदै

User Image Prime TV News एक महिना अगाडि
Image of देउवा साउन २८ गते नेपाल फर्किँदै

काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यही साउन २८ गते नेपाल फर्कने भएका छन्।

हाल हङकङमा रहेका देउवा थाइ एयरको विमानबाट साउन २८ गते दिउँसो १२ः१५ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ।

उपचारका लागि प्रतिनिधिसभा निर्वाचनअघि सिंगापुर गएका देउवा त्यसपछि हङकङ पुगेका थिए। यसअघि उनी साउन २९ गते नेपाल फर्कने तयारीमा थिए।

पछिल्लो तालिकाअनुसार भने एक दिनअघि नै काठमाडौं आउने भएका छन्।