एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि सुरु हुने

User Image Prime TV News एक महिना अगाडि
Image of एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि सुरु हुने

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक दोस्रो सातादेखि आयोजना हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्रेस विज्ञप्तिमार्फत एनपीएलको तेस्रो संस्करणको मिति सार्वजनिक गरेका हुन्।

खड्काका अनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। यो मिति अंग्रेजी पात्रोअनुसार अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हो।

प्रतियोगितामा सहभागी हुने आठवटै टोलीले नेपाली खेलाडी अनुबन्ध गरिसकेका छन्। केही टोली भने विदेशी खेलाडी अनुबन्ध गर्ने तयारीमा रहेका छन्।

एनपीएलको तेस्रो संस्करणका लागि टोलीहरू खेलाडी छनोट तथा प्रतियोगिताको तयारीमा जुटिरहेका छन्।