मन्त्रिपरिषद् बैठकका २० निर्णय
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका २० वटा निर्णय सार्वजनिक गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। बैठकले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा कानुनी व्यवस्था तयार गर्ने निर्णय गर्दै आर्थिक स्रोत परिचालनको वैकल्पिक बाटो खोल्ने संकेत दिएको छ।
साथै, न्याय सेवामा कार्यरत ८ जना अधिकृतको सरुवासमेत गरिएको छ। बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने निर्णय समेत गरेको छ ।
.jpg)
.jpg)







