बाँडेगाउँ पुगेर पूर्णबहादुर खड्काले लिए ‘पार्टी एकताको संकल्प’

User Image Prime TV News एक महिना अगाडि
Image of बाँडेगाउँ पुगेर पूर्णबहादुर खड्काले लिए ‘पार्टी एकताको संकल्प’

काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीका नेताहरू तथा कार्यकर्तासहित कृष्णप्रसाद भट्टराई आश्रम, बाँडेगाउँ पुगेका छन्।

आश्रममा पुगेर खड्काले पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न आफू बाँडेगाउँ आएको बताएका छन्। ‘पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न आएको किसुनजीको आश्रममा,’ उनले भने। गत २४ भदौमा जेन–जी आन्दोलनका क्रममा आश्रममा आगजनी भएको थियो।

सो घटनाको अवलोकनका लागि यसअघि पनि बाँडेगाउँ पुगेका खड्का त्यसयता दोस्रोपटक आश्रम पुगेका हुन्। खड्कासँगै कांग्रेस नेताहरू रामहरि खतिवडा, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, कृष्णप्रसाद पौडेल तथा कर्णाली प्रदेश सभापति ललितजंग शाही लगायतका नेताहरू पनि बाँडेगाउँ पुगेका थिए।