नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले बढ्यो

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले बढ्यो

काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको छ। शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य ४ हजार ५८० रुपैयाँ थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले वृद्धि भएको हो।