तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला

User Image Prime TV News एक महिना अगाडि
Image of तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला

काठमाडौ । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत फेला परेका छन्।

६५ वर्षीय सिंहको शव आइतबार मध्याह्न फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए। ‘उहाँको शव केहीबेर अगाडि फेला परेको छ,’ एसपी भट्टले भने, ‘घटनाबारे अनुसन्धान गरिरहेका छौं।’

सिंह शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन थिए। शुक्रबार उनले आफूले बाटो बिराएको भन्दै आफ्ना व्यावसायिक साझेदारलाई फोन गरेका थिए। उनले सम्पर्क गरेको क्षेत्रबाटै आइतबार शव फेला परेको प्रहरीले जनाएको छ।

शव फेला परेको स्थान र घटनाको प्रकृतिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।