सिंहदरबारको नाम फेर्नुपर्ने हरि ढकालको प्रस्तावमा राप्रपा प्रवक्ता श्रेष्ठको टिप्पणीः तपाईको नाम 'गोबर' राखे हुन्न ?’

User Image Prime TV News एक महिना अगाडि
Image of सिंहदरबारको नाम फेर्नुपर्ने हरि ढकालको प्रस्तावमा राप्रपा प्रवक्ता श्रेष्ठको टिप्पणीः तपाईको नाम 'गोबर' राखे हुन्न ?’

काठमाडौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले आपत्ति जनाएका छन्।

ढकालले एक कार्यक्रममा बोल्दै नेपालमा सिंह नभएकाले ‘सिंहदरबार’ नाम उपयुक्त नभएको टिप्पणी गरेका थिए। उनले सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्न उपयुक्त हुने प्रस्तावसमेत अघि सारेका छन्।

ढकालको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै राप्रपा प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक शैलीमा आलोचना गरेका छन्। उनले ढकाललाई ‘उपबुज्रुक’ को संज्ञा दिँदै नाम परिवर्तनको प्रस्तावमाथि प्रश्न उठाएका हुन्।

श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा उपबुज्रुकले हामीसँग सिंह नै छैन, सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन् ! जसको मनमा हरि नै छैन उसको नाम चाहिँ हरि ! ? गोबर नाम राखे हुन्न ?’

ढकालको प्रस्ताव र श्रेष्ठको प्रतिक्रियाले सामाजिक सञ्जालमा राजनीतिक तथा भाषिक बहसलाई थप तताएको छ।