बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु
Prime TV News एक महिना अगाडि 
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले सोमबार बिहान करिब २ः३० बजे नामथर नखुलेका अन्दाजी ३०–३५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान करिब ३ः१५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दुर्घटनापछि प्रहरीले बस चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ का ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।







