सुन २०० रुपैयाँले घट्यो, चाँदी २५ रुपैयाँले बढ्यो

User Image Prime TV News एक महिना अगाडि
Image of सुन २०० रुपैयाँले घट्यो, चाँदी २५ रुपैयाँले बढ्यो

काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ६७० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ३२२ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।