मतदाता नामावली ऐन संशोधन गर्न अध्यादेश राष्ट्रिय सभामा दर्ता
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न ल्याइएको अध्यादेश २०८२ राष्ट्रिय सभामा दर्ता गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यादेश राष्ट्रिय सभाको विधेयक शाखामा दर्ता गराएका हुन्।
अध्यादेशमार्फत निर्वाचन मिति घोषणा भइसकेपछि पनि छुट भएका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने व्यवस्था गरिएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते चुनावको मिति घोषणा गरेपछि अध्यादेश आवश्यक भएको जनाइएको छ।
अब राष्ट्रिय सभाको अधिवेशन सुरु भएपछि अध्यादेश संसद्मा टेबुल हुनेछ।







