प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

User Image Prime TV News एक महिना अगाडि
Image of प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौ । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र प्रधानमन्त्री वालेन्द्र शाहबीच भेटवार्ता भएको छ।

राजदूत श्रीवास्तव सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्। भेटवार्ताबारे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीमा नियुक्त भएपछि शाहले भारतका राजदूतसँग पहिलोपटक एकल भेटवार्ता गरेका हुन्।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य तथा समसामयिक विषयमा छलफल भएको बताइएको छ। यद्यपि भेटवार्तामा छलफल भएका विषयबारे प्रधानमन्त्रीको सचिवालयले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।