प्रधानमन्त्री शाहलाई संसदमा जवाफ दिन रुलिङ गर्न कांग्रेसको माग

User Image Prime TV News एक महिना अगाडि
Image of प्रधानमन्त्री शाहलाई संसदमा जवाफ दिन रुलिङ गर्न कांग्रेसको माग

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहलाई रुलिङमार्फत संसदमा जवाफ दिन बोलाउन सभामुख डोलप्रसाद अर्यालसमक्ष माग गरेको छ।

कांग्रेस सांसद रेनुका काउचाले सोमबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै संसद्मा उठेका प्रश्नको जवाफ माग गरेर आफूहरूले सभामुख र प्रधानमन्त्री पदको गरिमा जोगाउन खोजेको बताइन्।

‘सभामुखसमक्ष आग्रह गर्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस्,’ उनले भनिन्, ‘हामी तपाईंलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौं। हामी सभामुख र प्रधानमन्त्री पदको गरिमा बचाउन खोजिरहेका छौं। हामी सरकारलाई सफल बनाउन खोजिरहेका छौं।’

काउचाले प्रधानमन्त्री शाह एक्लै नरहेको भन्दै राष्ट्रिय हितका विषयमा अघि बढ्दा प्रतिपक्षले साथ दिने प्रतिबद्धता जनाइन्। ‘प्रधानमन्त्रीज्यू तपाईं एक्लो हुनुहुन्नँ, मुलुकको हितमा तपाईं अघि बढ्नुस्। प्रतिपक्ष तपाईंको साथमा उभिनेछ। तर संविधानभन्दा माथि कोही छैन,’ उनले भनिन्, ‘संसद्भन्दा ठूलो राजनीतिक मञ्च छैन। राष्ट्रिय हितभन्दा ठूलो कुनै दल छैन। सचिवालयले मात्रै देशको शासन चल्दैन।’

उनले संसद्मा दैनिक उठिरहेको सीमा सम्बन्धी प्रश्नको जवाफ प्रधानमन्त्री शाहले अनिवार्य रूपमा दिनुपर्ने बताइन्। प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रश्न उठाउँदै आएका छन्।

यही विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै सोमबार पनि विपक्षी दलका सांसदहरूले बैठकमा उठेर विरोध जनाएका थिए।