प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच भेट, नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता

User Image Prime TV News एक महिना अगाडि
Image of प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच भेट, नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार चिनियाँ राजदूत झाङ माओमिङसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने तथा विकास साझेदारीलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।

भेटमा राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै नेपाल र चीनबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।