साताको पहिलो दिन नेप्से ९ अंकले घट्यो

User Image Prime TV News एक महिना अगाडि
Image of साताको पहिलो दिन नेप्से ९ अंकले घट्यो

काठमाडौ । साताको पहिलो कारोबार दिन सोमबार सेयरबजार परिसूचक नेप्से ९.०४ अंकले घटेर २ हजार ६४१.०५ विन्दुमा झरेको छ।

आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.०२ अंकले घटेको छ। सोमबार ३५२ कम्पनीका सेयर कारोबार भएका छन्। तीमध्ये ८२ कम्पनीको सेयरमूल्य बढेको छ भने १८० कम्पनीको सेयरमूल्य घटेको छ। १४ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।

आज १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता सेयर ६३ हजार ५२४ पटकको कारोबारबाट कुल ३ अर्ब ६७ करोड ४४ लाख २० हजार रुपैयाँमा किनबेच भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा करिब ३ प्रतिशत कम हो। शुक्रबार ३ अर्ब ७७ करोड ४३ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

आज सूचीकृत समूहमध्ये जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा समूहको परिसूचक बढेको छ। वाणिज्य बैंक, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, म्युचुअल फन्ड, व्यापार तथा अन्य समूहको परिसूचक घटेको छ। सबैभन्दा धेरै व्यापार समूहको परिसूचक ०.८६ प्रतिशतले घटेको छ।

सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक, दरमखोला हाइड्रो इनर्जी, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, अपर हेवाखोला हाइड्रोपावर कम्पनी र एसवाई प्यानल नेपालका सेयरधनीले सबैभन्दा बढी कमाएका छन्।

त्यस्तै, रिलायबल समृद्धि योजना, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, सप्तकोसी डेभलपमेन्ट बैंक, लक्ष्मी उन्नति कोष र आरविविएल डिबेञ्चरमा लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। कारोबार रकमका आधारमा सोमबार सोलु हाइड्रोपावर लिमिटेड अगाडि रहेको छ। कम्पनीको ४६ करोड ३७ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबार भएको सेयर संख्याका आधारमा भने कुमारी धनवृद्धि योजना पहिलो स्थानमा रहेको छ। उक्त कम्पनीको १४ लाख ७३ हजार ४९० कित्ता सेयर कारोबार भएको छ।