ग्यास र मलको अभाव समाधान गर्न सरकारलाई कांग्रेसको आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of ग्यास र मलको अभाव समाधान गर्न सरकारलाई कांग्रेसको आग्रह

काठमाडौ । नेपाली कांग्रेसले ग्यासको सहज आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ग्यास सहज रूपमा उपलब्ध नहुँदा जनताको दैनिक जीवन प्रभावित भइरहेको भन्दै समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले अहिले खेतीपातीको समयमा देखिएको मल अभावलाई समेत तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। दीर्घकालीन रूपमा स्वदेशमै मल उत्पादन गर्ने नीति अवलम्बन गर्न सरकारलाई आग्रह गरिएको उनले बताए।

त्यसैगरी, बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न तथा जनतालाई आवश्यक राहतको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको प्रवक्ता चालिसेले जानकारी दिए। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बिहान ११ बजे पुनः बस्नेछ। बैठकमा महाधिवेशनको तयारीलगायत विभिन्न एजेन्डामाथि छलफल जारी रहने प्रवक्ता चालिसेले बताए।