जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प
Prime TV News एक महिना अगाडि 
काठमाडौ । जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर मंगलबार बिहान ९ बजेर ८ मिनेटमा भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार उक्त भूकम्प ४.१ म्याग्निच्युडको थियो। भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ।
यसअघि १८ कात्तिक २०८० मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। उक्त भूकम्पमा परी डेढ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो। त्यसैगरी, २२ चैत २०८१ मा पनि जाजरकोटको रोकायागाउँ केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
मंगलबारको भूकम्पबाट भएको क्षतिबारे भने हालसम्म कुनै विवरण सार्वजनिक भएको छैन।







