सुनको भाउ तोलामा ६ हजार ४ सय रुपैयाँले बढ्यो

User Image Prime TV News एक महिना अगाडि
Image of सुनको भाउ तोलामा ६ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौ । सुनको मूल्य मंगलबार प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार भने सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ सय १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ पुगेको छ।अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ४ सय २ अमेरिकी डलरमा कारोबार भइरहेको छ।