प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो। बैठकमा पछिल्ला राजनीतिक तथा समसामयिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। साथै केही नियुक्तिसम्बन्धी निर्णयसमेत हुनसक्ने जनाइएको छ।







