प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच भेटवार्ता

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौ । प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता भएको हो। सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग करिब ३५ मिनेट छलफल गरेका थिए। भेटपछि उनी सिंहदरबारबाट बाहिरिएका छन्।

बैठकअघि भएको प्रधानमन्त्री र सभामुखबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेटमा के–के विषयमा छलफल भयो भन्नेबारे भने औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक गरिएको छैन।