सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका तीन जना र सिरहाका एक जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। सरकारको निर्णयअनुसार सुनसरीमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहतालाई शहीद घोषणा गरिएको छ।
त्यस्तै, सिरहामा ज्यान गुमाएका गणेश यादवलाई पनि शहीद घोषणा गरिएको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले चारै जनालाई सम्बन्धित घटनामा ज्यान गुमाएका आधारमा शहीद घोषणा गरिएको बताए।
सरकारको यो निर्णयसँगै सुनसरी र सिरहाका घटनामा मृत्यु भएका चार जनाले औपचारिक रूपमा शहीदको मान्यता पाएका छन्।







