सुनको मूल्यमा गिरावट, चाँदी पनि सस्तियो

User Image Prime TV News एक महिना अगाडि
Image of सुनको मूल्यमा गिरावट, चाँदी पनि सस्तियो

काठमाडौ । गएका पाँच दिनमा प्रतितोला २४ हजार २ सय रुपैयाँले बढेको सुनको भाउ आज घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँमा झरेको छ। हिजो भने सुनको भाउ प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको थियो।

लगातार बढ्दै गएको सुनको मूल्य आज भने घट्नुले बजारमा केही स्थिरता आउने संकेत गरेको छ। त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ७ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

गएको माघ १५ गते सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा सुनको हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। त्यसै दिन चाँदीको भाउ पनि प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन चाँदीको अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो।

यसको ठीक विपरीत, माघ १८ गते चाँदीको मूल्यमा प्रतितोला १५ सय ६५ रुपैयाँको गिरावट आएको थियो, जुन चाँदीको मूल्यमा आएको हालसम्मकै सबैभन्दा ठूलो एकदिने गिरावट हो। सुन तथा चाँदीको मूल्यमा आइरहेको उतारचढावले लगानीकर्ता र गरगहना खरिद गर्न चाहनेहरूलाई सतर्क रहन आग्रह गरेको छ।