नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, देशभर सफा मौसम

User Image Prime TV News ११ महिना अगाडि
Image of नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, देशभर सफा मौसम

काठमाडौ । नेपालमा यस वर्षको मनसुन औपचारिक रूपमा समाप्त भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि मनसुन नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको हो।

विभागले जनाएको छ कि अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भए पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने तर देशका अन्य भागमा आकाश खुला रहने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार मनसुन समाप्त भएसँगै अब देशभर चिसो बढ्दै जाने, बिहानसाँझ हल्का हुस्सु र कुहिरो पर्ने क्रम सुरु हुने सम्भावना छ।